Translation

2
6971

Direction: In the following questions, candidates are provided with paragraphs in Nepali language including banking terminologies which need to be translated in English. This descriptive section is included in banking exams to test candidates in their language proficiency.


Question No: 1

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षमा व्याप्त राजनीतिक अस्थिरताको कारण आर्थिक वृद्धिको परिदृश्यमा नकारात्मक छायाँ परेको जनाएको छ । उसले तराईमा साउन महिनाको अन्त्य देखि शुरु भएको लगातारको बन्द हड्तालले देशको आपूर्ति र कृषि उत्पादनको बजार पहूँचमा अवरोध आएकोले कृषि क्षेत्र प्रभावित भएको र गैर कृषि क्षेत्र तर्फ उद्योग, व्यापार, होटल, निर्माण, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित भएको जनाएको छ ।


Question No: 2

बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता व्यवस्थापनका लागि पर्याप्त औजार जारी गर्न नसकिएको विषयमा पनि आइएमएफले चासो देखाएको छ। करीब २ वर्षदेखि राष्ट्र बैंकले विभिन्न किसिमका अल्पकालिन औजार मार्फत अधिक तरलता व्यवस्थापन गर्दै आए पनि दीर्घकालिन औजार जारी हुन नसकेको बताइएको छ। अधिक तरलताको दीर्घकालिन व्यवस्थापनका लागि सरकारले वित्तीय औजार जारी गनुपर्ने सुझाव पनि आइएमएफले दिएको छ।


Question No: 3

भूकम्पपछि युवा विदेशिने क्रम अझ बढ्दो अवस्थामा रहेको कारण अबको केही महिनामा रेमिटेन्स थपिने अनुमान गरिएको छ। भूकम्प पछि भित्रिएको रेमिटेन्स धेरैजसो पुननिर्माणमा खर्च भएको वैदेशिक रोजगारमा गएकाका आफन्तले बताएका छन्। केहीले भने वैदेशिक रोजगारबाट कमाएको पैसाले व्यापार व्यवसाय समेत गर्दै आएका छन्।
स्वेदशमा भनेजस्तो काम र दाम नपाइने भन्दै रोजगारीको विकल्पको रुपमा विदेश जाने क्रम युवाहरुमा बढेसँगै रेमिटेन्समा पनि वृद्धि भएको छ।
मुख्यगरी दक्षिण कोरिया र हङकङबाट हुन्डीबाट बढी रकम भित्रिने गरेको छ। कोरियामा काम गर्ने कामदारले वैधानिक रेमिटेन्स कम्पनीबाट पैसा पठाउँदा महँगो पर्ने भएको हुनाले हुन्डीको प्रयोग गर्नुपरेको रेमिटेन्स कम्पनीहरु बताउँछन्। 


Question No: 4

सबै वित्तीय संस्थाको रेमिटेन्स मुख्य कारोबार बनिसकेको छ। रेमिटेन्समा वाणिज्य बैंकको बढ्दो उपस्थितिसँगै सेवा र सुबिधामा तीब्र प्रतिस्पर्धा छ। यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ। कामदारको कमाइ सुरक्षित रूपले परिवारसम्म पुगेको छ। पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै बैंकबाट सीधै विदेशबाट पठाएको पैसा लिन सहज भएको छ। 


 

2 COMMENTS

  1. Dear Sir/Madam

    It would be great if you can provide me the answers of translation and essay writing.

    Thank you

    Ishwor Rajvandari

  2. Central bank of Nepal has visualized that negative side of current financial fiscal year due to political sector. And also it analyzed that due to strike in terai region from end of July till long time it is not affecting only country but also agricultural sector and also different sector like business,factory,hotels,construction companies,tourism sector also.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here